बिर्तामोड । झापाको दमक नगरपालिकाबाटभ्रमणमा गएको टोली सवार गाडी दुर्घटनामापरेको छ । दुर्घटनामा परि नगरपालिकाको एकजना कर्मचारीको मृत्यु भएको छ । अन्य पाँचजना घाइते भएका छन् ।

भ्रमणबाट फर्कँदै गरेको गाडी उदयपुरको कटारीनजिक दुघर्टना हुँदा दमक नगर पालिका वडा नं. ३ घर भई दमक नगरपालिकामा कानुनअधिकृतको रुपमा कार्यरत कर्मचारी माधवबस्नेतको ज्यान गएको हो । दुघर्टनमा परिवडाध्यक्ष सहित अन्य ५ जना घाइते भएका छन्। प्रादेशिक अस्पताल कटारीमा सामान्य उपचारपछि घाइतेहरुको थप उपचारका लागिविराटनगर अस्पताल रेफर गरिएको उदयपुरकाप्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेललेबताए । प्रजिअ लुईंटेलका अनुसार दमक वडानं. १० का वडाध्यक्ष राजेन्द्र भण्डारीको अवस्थाकेही जटिल भए पनि अन्य ४ जनाको अवस्थाभने खतरामुक्त रहेको छ ।
घाइते हुनेमा नविन खतिवडा, भुवन दाहाल, कमल श्रेष्ठ, ज्ञानेन्द्र गौतम् रहेका छन् । गतबैशाख १२ गते शुक्रबारका दिन स्थानीय तहकोन्यायिक सम्पादनको विषयमा पालिका स्तरकोअवलोकन भ्रमणमा गएको मे १ च ३०४० कोस्करपियो गाडी आफै अनियन्त्रित भइ मदनभण्डारी राजमार्ग अन्तर्गत कटारी नगरपालिका ६सोमबारे भन्ने स्थानमा दुघर्टना भएको उदयपुरकाप्रहरी नायव उपरिक्षक कमल बजगाँईलेजानकारी दिए ।
सवा ४ बजे तिर भएको दुघर्टनामा चालक बाहेकअन्य घाइते भएको बताइएको छ । चालक देवेन्द्रतामाङलाई सोधपुछका लागि नियन्त्रणमालिइएको छ ।