झापा । बिर्तामोडमा आधुनिक उपकरणसहितको नयाँ ब्युटी पार्लर ‘कल्पना मेकअप स्टुडियो’ सञ्चालनमा आएको छ।
सौन्दर्यकर्मी कल्पना चौधरीले आठ वर्षको व्यावसायिक अनुभवपछि आफ्नै नाममा स्टुडियो सञ्चालनमा ल्याएकी हुन्। उनले ‘समयको माग अनुसार आधुनिक उपकरणसहितको सुविधा सम्पन्न स्टुडियो सञ्चालनमा ल्याएको’ बताइन्।
करिब दश लाख रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त स्टुडियोमा हाल स्किन केयर, हेयर कटिङ, हेयर डिजाइन, नेल आर्ट, आइल्यासेस लगायत सेवा उपलब्ध छन्। भविष्यमा थप सेवा विस्तार गर्ने योजना रहेको संचालिका चौधरीले जानकारी दिइन्।
उनका श्रीमान् बिनोद लिङ्देनका अनुसार पार्लरका लागि आवश्यक सबै आधुनिक मेसिनहरू खरिद भइसकेका छन् र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
‘ग्राहकको सुविधा र सन्तुष्टि नै हाम्रो मुख्य उद्देश्य हो, सबै सेवामा खुसी बनाउने प्रयास हुनेछ,’ चौधरीले भनिन्।