चारआलीमा जेसिजको बृहत् रक्तदान

इलाम, झापा र मोरङ जिल्लामा रहेका नेपाल जेसिजका १६ वटा शाखाको संयुक्त आयोजनामा झापाको चारआलीमा बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

मेचीनगरमा रहेका २५ वटा भन्दा बढी संघसंस्थाको संयुक्त सह-आयोजना तथा नेपाल रेडक्रस सोसाईटी झापा शाखाको प्राविधिक सहयोगमा चारआली स्थित पाउ पाथिभरा मन्दिरमा यही वैशाख २५ गते बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष राघभ कोइरालाले जानकारी दिए ।

मानव जीवन रक्षाको लागी अत्यावश्यक रगतको अभावलाई मध्यनजर गर्दै यो पुण्य कार्य गर्न लागिएको राष्ट्रिय उपाध्यक्ष कोइरालाले बताए ।

रक्तदान जिवनदान हो भन्ने नारालाई आत्मसाथ गर्दै आयोजक तथा सह-आयोजकका सम्पुर्ण शाखा तथा संघसंस्थाका सम्पूर्ण ईच्छुक व्यक्तिहरुलाई सहभागी भई रक्तदान गरेर सहयोग गर्न आयोजकले अपिल पनि गरेको छ ।