बिर्तामोडमा दिनदहाडै चोरी, प्रहरीको गस्ती र सुरक्षा प्रयास सशक्त

झापा । बिर्तामोड नगरपालिका–३ स्थित बिर्ता बजारमा दिनदहाडै भएको चोरीको घटनामा १९ लाख २ हजार ४ सय ४० रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। यद्यपि, प्रहरी टोलीको निरन्तर गस्ती र सुरक्षा प्रयासले घटनाको अनुसन्धान तीव्र बनाइरहेको छ।

आज बिहान १० देखि ११ बजेको समयभित्र बिर्तामोड–३ पुण्डरी टोलका किरण दाहालको अढाई तले घरबाट नगद र गरगहना चोरी भएको हो। घरधनीले बीच तलामा रहेको कोठाको चाबी जुत्तामा लुकाएर राखेको स्थानबाट चोरले सोही चाबी प्रयोग गरेर ढोका खोली चोरी गरेको प्रहरीको भनाइ छ।

चोरी भएका सामग्रीमा सुनको हार ३ थान, चन्द्रमा १ थान, औंठी ६ थान, तिलहरी २ थान, कटर गेडी १ थान, नौगेडी २ थान, पिँजडा १ थान र सिक्री १ थान गरी जम्मा ९ तोला ६ आना बराबरको सुनसहित नगद ४० हजार रुपैयाँ रहेको छ।

प्रहरीको गस्ती र सुरक्षा प्रयासका बावजूद यो घटना घटेको भए पनि, प्रहरी चैकी बिर्ता बजारको इन्चार्ज पदम बिस्टको नेतृत्वमा प्रहरी टोलीले निरन्तर गस्ती गर्दै र स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गर्दै सुरक्षा व्यवस्थामा सुधार ल्याउन विशेष ध्यान दिइरहेको छ। प्रहरी टोलीले याता लागु औषधको गतिविधि नियन्त्रण र चोरीको घटनामा कडाइका साथ काम गर्दै जनताको सुरक्षामा कटिबद्ध रहेको छ l 

 “हामी आफ्नो जिम्मेवारीको पूरा ध्यान राख्दै गस्तीको स्तर बढाइरहेका छौं र चोरीका घटनाहरूलाई रोक्नका लागि समुदायसँग समन्वय गरिरहेका छौं। साथै, याता लागु औषध र अन्य अपराध गतिविधिहरूलाई नियन्त्रण गर्नमा विशेष ध्यान दिइरहेको बिर्ताबजार प्रहरी चैकि इन्चार्ज बदम बिस्ट बताउछन l