नेकपा एमाले झापाको आयोजना र बिर्तामोड नगर कमिटीको सह आयोजनामा रक्तदान

झापा बिर्तामोड-नेकपा एमाले जिल्ला कमिटी झापाको  आयोजना र बिर्तामोड नगर कमिटीको सह आयोजनामा  रक्तदान कार्यक्रम समपन्न गरेको छ l

जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औ  स्मृति दिवसको अवसर पारेर जिल्ला पार्टी कार्यालयमा रक्तदान आयोजना गरिएको एमाले झापाले जनाएको छ जस्मा १०३ जनाले रक्तदान गरेका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिनु भयो ।

कार्यक्रममा रक्तदातालाई एमाले झापाका इन्चार्ज रोम ओली जिल्ला अध्यक्ष प्रेम गिरी, कोशी प्रदेश खानेपानी सिन्चाइ तथा उर्जा मन्त्री एकराज कार्की ,संविधानसभा सदस्य रविन कोइराला, पुर्ब बाग्मती प्रदेश प्रमुख बिष्णु प्रसाइ ,कोशी प्रदेश माननिय छबि चुडाल ,बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई लगायतले प्रमाणपत्र वितरण गर्नुभयो ।

झापामा रगतको अभाव नहोस भनेर कार्यक्रम आयोजना गरेको नेकपा एमालेका बिर्तामोड नगर अध्यक्ष सुभास भट्टराइले जानकारी दिनु भयो l