ललितपुर, भदौ १५।

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा २६ वर्षीया लुना लुइँटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् ।
उनीसँगै दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ (पहिलो उपविजेता), उरुषा भण्डारी ‘मिस नेपाल इन्टरनेसनल’ (दोस्रो उपविजेता) र सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ (तेस्रो उपविजेता) घोषित भए ।
‘द हिडन ट्रेजर’ले आयोजना गरेको यस सौन्दर्य प्रतियोगिताका लागि नेपालभरका विभिन्न शहरमा अडिसनमार्फत २६ जना प्रतिस्पर्धी चयन भएका थिए ।