बिर्तामोड, झापा । उभौली पर्वको अवसरमा सम्पन्न प्रथम राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि पूर्व नेपाल च्याम्पियन तथा क्यान्डिडेट मास्टर (सीएम) पुरुषोत्तम चौलागाईंले जितेका छन्।

आठमध्ये सात खेल जित्दै चौलागाईंले ८ अंकसहित प्रोग्रेसिभ प्वाइन्टको आधारमा उपाधि आफ्नो नाममा लेखाएका हुन्। उनले खोटाङका धिरेन राईलाई पराजित गर्दै निर्णायक जित निकालेका थिए। उपाधिसँगै उनले ट्रफी तथा नगद ५१ हजार रुपैयाँ प्राप्त गरे।

समान ८ अंक बनाएका फिडे मास्टर रुपेश जैशवाल प्रोग्रेसिभ प्वाइन्टमा पछि परेपछि दोस्रो स्थानमा सिमित भए। उनले अन्तिम खेलमा सुनसरीका राजेन्द्र राईलाई कठिन खेलमा पराजित गर्दै ३५ हजार रुपैयाँ जिते।
तेस्रो स्थानमा रहेका सिएम नवीन तण्डुकारले नवौं चरणमा ललितपुरका सरोज महर्जनलाई हराउँदै ३० हजार रुपैयाँ हात पारे। चौथो स्थानमा खोटाङका धिरेन राई रहे भने पाँचौ स्थान आयोजक बिर्तामोड चेस क्लबका ज्वाला इम्बुङले प्राप्त गरे। उनीहरूले क्रमशः २५ हजार र २० हजार रुपैयाँ प्राप्त गरे।

विधागत उपाधि विजेताहरू:
• नवप्रवेशी: जीवन राई
• सिनियर: वसन्त लामा
• महिला: कृतिसारा अधिकारी
• झापा जिल्ला: राज लिम्बू
• रेटिङ १६००: डा. सन्तोष प्रसाद साह
• रेटिङ १८००: विनय थापा
• युवा १४: कृष्णप्रसाद भारती
• युवा १८: सम्यक श्रेष्ठ
• स्थानिय: विष्णुप्रसाद पाठक, राज श्रेष्ठ, क्षितिज लिम्बू
• महिला (स्थानिय): विनिता राई
• विद्यालय: आदर्श रिजाल, निश्चल पाठक, सुलभ ओझा
• प्रदेश: विश्वविजय घिमिरे
• अनुशासित खेलाडी: हरिकुमार गुरुङ
• फरक क्षमता: लक्ष्मीप्रसाद कन्दङ्वा
पुरस्कार वितरणमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं, किरात याक्थुङ चुम्लुङकी भिममाया नेम्वाङ, जिल्ला सचिव हिमालय कन्दङ्वा र नगर अध्यक्षलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा कुल ३३ खेलाडीले ३ लाख ४० हजार ५ सय रुपैयाँ बराबरको नगद पुरस्कार प्राप्त गरेका छन्।