नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला अधिवेशन सम्पन्न, केदार रायमाझी अध्यक्ष चयन

२१ असार २०८२, बिर्तामोड, झापा
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन झापा जिल्ला अधिवेशन बिर्तामोडमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले छत्र बहादुर रायमाझी (केदार)लाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको छ।

प्रमुख अतिथिका रूपमा संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई उपस्थित रहनुभएको कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य सन्तकुमार राई, व्यवसायिक नेता राजेन्द्र रिजाल, संगठनका केन्द्रीय सल्लाहकार हस्त राई, कोशी प्रदेश अध्यक्ष गौरी लामा, ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, अखिलका नेता हरी निरौलालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सार्वजनिक सवारी व्यवस्था, सवारी ऐनको कार्यान्वयन, दुर्घटना न्यूनीकरण, यातायात मजदुरको हक–हित र संगठनको सुदृढीकरणबारे विस्तृत छलफल भएको थियो। वक्ताहरूले अधिवेशनको सफलताको शुभकामना दिँदै संगठनलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको अध्यक्षता केदार रायमाझीले गर्नुभएको थियो भने सञ्चालन धनबहादुर गिरीले र स्वागत राजकुमार सुवेदीले गर्नुभएको थियो।

अधिवेशनबाट निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ:
1. अध्यक्ष – छत्र बहादुर रायमाझी (केदार)
2. उपाध्यक्ष – दुर्गा खड्का
3. सचिव – धनबहादुर गिरी
4. सहसचिव – टेकनाथ खतिवडा
5. कोषाध्यक्ष – सुदर्शन थापा
6. सदस्य – राजकुमार सुवेदी
7. सदस्य – जय प्रकाश उठाउन
8. सदस्य – करण पोख्रेल
9. सदस्य – मदन खड्का
10. सदस्य – डिल्लि अधिकारी
11. सदस्य – यामनाथ भण्डारी
12. सदस्य – विक्रम खनाल
13. सदस्य – मनोज बस्नेत
14. सदस्य – नरेन्द्र राजबंशी
15. सदस्य – कमला श्रेष्ठ (सोमिता)
16. सदस्य – लोकनाथ निरौला
17. सदस्य – याम तिमिल्सिना

झापा जिल्लाभरि रहेका यातायात मजदुरहरूको प्रतिनिधित्वमा सम्पन्न भएको उक्त अधिवेशनलाई संगठन विस्तार र सशक्तिकरणको महत्वपूर्ण अवसरको रूपमा लिइएको छ।