झापा बिर्तामोड प्रधानन्त्री केपी शर्मा ओलीले आज शनिबार (असार २८, २०८२) इलाम जिल्लाको माई नगरपालिका–२, दानाबारीमा सञ्चालित १५ शय्याको ‘माई नगर अस्पताल’ उद्घाटन गर्नुभएको छ l

अस्पतालमा आकस्मिक सेवा, प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसी जस्ता आधारभूत स्वास्थ्य सुविधा सेवा सुरु भइसकेको छ। साथै, स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गरिएको छ, जसले पालिकाभित्र बिमारीको आधारभूत उपचार सुविधाजनक बनाएको छ l
यस कार्यक्रममा प्रधानमन्त्री ओली झापा र इलामका विभिन्न विकास कार्यक्रमहरूमा पनि सहभागी हुनु हुनेछ जसमा जग्गा धनीपूर्जा वितरण, खानेपानी आयोजना शिलान्यास, सडकखण्ड उद्घाटन लगायतका कार्यक्रमहरू पनि समावेश छ्न ।


