
झापा – अनेरास्ववियुका संघर्षशील नेता लक्ष्मी न्यौपानेले २४औं महाधिवेशनमा कोशी प्रदेशबाट भूगोल केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। विद्यालय तहदेखि क्याम्पस र जिल्ला हुँदै प्रदेशसम्मको लामो संगठनात्मक अनुभव बोकेका न्यौपाने सन् २०६८ मा पुहाँतु माविबाट राजनीतिमा प्रवेश गरेका हुन्।

२०७० मा सहिद दशरथ चन्द उ.मा.वि.मा अध्यक्ष, २०७२ मा त्रिदेव क्याम्पसका कोषाध्यक्ष, २०७३ मा अध्यक्ष तथा स्ववियु सभापति हुँदै त्यही वर्ष क्षेत्रीय कमिटी अध्यक्ष बने। २०७४ मा जिल्ला सचिवालय सदस्य र हाल कोशी प्रदेश कमिटीका सह-सचिव रहेका उनले संगठनलाई सशक्त बनाउन महत्त्वपूर्ण योगदान दिएका छन्।
२०७३ देखि २०८१ सम्म निरन्तर नेतृत्वमा रहेर संगठन विस्तारमा सक्रिय न्यौपानेको संयोजनमा २०८१ को स्वबियु निर्वाचनमा त्रिदेव बहुमुखी क्याम्पसमा अनेरास्ववियु ले चुनाव जित्यो जुन झापाको एक मात्र क्याम्पसमा अनेरास्ववियुले प्यानलसहित हात पारेलो जीत थियो।
अब केन्द्रीय भूमिकामा अघि बढ्न खोजिरहेका न्यौपाने विद्यार्थी अधिकार, संगठन सुदृढीकरण र नीति पक्षमा अझ प्रभावकारी भूमिका खेल्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएका छन्।
