झापा, भदौ २ – भद्रपुर नगरपालिका–१० स्थित शत्र बिगेमा आफ्नै हजुरआमामाथि २७ वर्षीय महेश सुबेदीले धारिलो हतियार प्रहार गर्ने घटनामा प्रहरीले उनलाई पक्राउ गरेको छ।

मिति २०८२/०३/१२ गते बिहान ५ बजे महेशले एक्लै बस्दै आएकी ७२ वर्षीया खिनमाया सुबेदीसँग पैसा माग्दा नपाएपछि रिसले गर्दा घरमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए। स्थानीयले उनलाई उद्धार गरेर नजिकैको स्वास्थ्य संस्थामा पुर्याएका थिए।
फरार रहेका महेशलाई खोजतलाशका क्रममा मिति २०८२/०५/०९ गते साँझ ५:३० बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले भद्रपुर नपा–१० स्थित घरबाटै पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको छ।
महेशको विरुद्धमा पहिले पनि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भइसकेको थियो र पक्राउ पुर्जी जारी गरिएको थियो। अनुसन्धानका लागि आवश्यक म्याद थप गर्न उनलाई मिति २०८२/०५/१० गते जिल्ला अदालत झापामा पेश गरिनेछ।