बिर्तामोड, झापा —एम्नेस्टी इन्टरनेश्नल नेपाल समूह ५८, बिर्तामोडको २१औं वार्षिक साधारणसभा शनिबार एक भव्य समारोहबीच सम्पन्न भएको छ। कार्यक्रम समूहका संयोजक टिकाराम धमलाको अध्यक्षतामा आदर्श स्कुल अफ म्यानेजमेन्ट, बिर्तामोडमा आयोजना गरिएको थियो।

साधारणसभाका प्रमुख अतिथि एम्नेस्टी इन्टरनेश्नल नेपालका राष्ट्रिय उपाध्यक्ष केशव पोखरेल रहेका थिए।
विशेष अतिथिका रूपमा मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनाल, समूह ५८ का पूर्व संयोजकहरू लोकनाथ पौडेल, सुरेश कुमार अग्रवाल (भद्रपुरे), पदमसुन्दर लामिछाने, देविभक्त श्रेष्ठ, परासर दाहाल तथा दीर्घकालदेखि मानव अधिकार अभियानमा सक्रिय अधिकारकर्मी शिरोमणि खतिवडा (सिरो सान्दाइ)को उपस्थिति रहेको थियो।

त्यस्तै, मानव अधिकार रक्षक परिषद् कोशी प्रदेशका सचिव दीपक दास, नेपाल बार एसोसिएशन झापाका सदस्य नरेश खाती, एम्नेस्टी इन्टरनेश्नल नेपाल समूह ७५ दमकका संयोजक, दमक युथ नेटवर्क तथा देवी युथ नेटवर्कका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रमको अवसरमा मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा समूह ५८ का पूर्व संयोजकहरू लोकनाथ पौडेल, सुरेश कुमार अग्रवाल (भद्रपुरे), पदमसुन्दर लामिछाने, देविभक्त श्रेष्ठ, परासर दाहाल र अभियानकर्मी शिरोमणि खतिवडा (सिरो सान्दाइ) रहेका छन्।
कार्यक्रमको सञ्चालन समूहका सचिव विकास कोइरालाले गरेका थिए भने स्वागत मन्तव्य समूहकी कोषाध्यक्ष बालकुमारी रसाइलीले राखेकी थिइन्।
शुभकामना मन्तव्य क्रमशः दीपक दास, डा. रुपक खनाल, सुरेश अग्रवाल, देविभक्त श्रेष्ठ, शिरोमणि खतिवडा, लोकनाथ पौडेल र प्रमुख अतिथि केशव पोखरेलबाट व्यक्त गरिएको थियो।
समारोहले मानव अधिकारको संरक्षण, अभिवृद्धि र प्रचार–प्रसारमा समूह ५८ को भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै समापन गरिएको थियो।