झापा l नेपाली फिल्म जगतका एक्सन किंग निखिल उप्रेती अब बलिउडको ठूलो नामसँग हातेमालो गर्दैछन्! उनी अभिनित र निर्देशित बहुप्रतीक्षित फिल्म ‘आचार्य’ मा बलिउड स्टार संजय दत्त वा सुनिल सेट्टीमध्ये एकजना बिग क्यामियो भूमिकामा देखिने सम्भावना बलियो बनेको छ।

यो खबर सार्वजनिक भएसँगै उप्रेतीका फ्यानहरूबीच उत्साहको माहोल चुलिएको छ। ‘KGF’ का अधीरा अर्थात संजय दत्त होलान् कि ‘हेरा फेरी’ का श्याम अर्थात् सुनिल सेट्टी? — सबैको ध्यान अब निखिलको मुम्बई यात्रातर्फ छ, जहाँ यो ‘महासंधि’ पक्का हुने संकेत छ।
आचार्य’ कुनै सामान्य फिल्म होइन – यो निखिल उप्रेतीको ड्रिम प्रोजेक्ट हो। काठमाडौंदेखि भारतसम्म छायांकन हुने फिल्ममा हाई लेभल एक्शन, मन छुने कथा, र क्रस-बोर्डर स्टार पावरले भरिएको धमाकेदार प्याकेज रहनेछ।
निखिल उप्रेतीको निर्देशन र अभिनयमा यो फिल्म क्यारियरको सबैभन्दा ठूलो बजेटमा मा बन्न लागेको हो।
कास्टिङको ९५% काम पूरा भइसकेको छ र छायांकन मौसमले साथ दिए जुलाईबाट सुरु हुने जानकारी प्राप्त छ ।