बिर्तामोड, ११ असार ।
झापाली महिला सञ्चारकर्मीहरूको साझा संस्था नारी सञ्चार गृह झापाको नयाँ अध्यक्षमा स्वस्तिका आचार्य सर्वसम्मत रूपमा चयन हुनुभएको छ । आज बिर्तामोडमा सम्पन्न पाँचौं अधिवेशनले आचार्यलाई नयाँ नेतृत्वका लागि चयन गरेको हो ।

नव–निर्वाचित कार्यसमितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा जोत्सना श्रेष्ठ, सचिवमा दिपा सापकोटा, सहसचिवमा टिका पोखरेल र कोषाध्यक्षमा सुनिरा मैनाली चयन हुनुभएको छ ।

त्यस्तै, कार्यसमिति सदस्यहरूमा विनिशा शर्मा गौतम, किरण हुमागाईं, इशा प्रधान, सञ्जु शिवाकोटी, चन्द्रा भट्टराई, रमा दाहाल, सिर्जना परियार र रञ्जीता खड्का चयन भएका छन् ।
अधिवेशनकै अवसरमा संस्थाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा जम्मा रकम ५१ लाख ५१ हजार रुपैयाँ पुगेको समेत जानकारी दिइएको छ ।
२०७५ सालमा अम्बिका भण्डारीको अध्यक्षतामा सुरु गरिएको उक्त अक्षयकोष महिला पत्रकारहरूको स्वास्थ्योपचार, लेखनवृत्ति तथा पत्रकारिता प्रोत्साहनका लागि स्थापना गरिएको हो ।