
मेचीनगर, झापा – लायन्स क्लब अफ धाइजन चारआलीका सदस्य अर्जुन रिजालको जन्मदिनको अवसरमा आज महेश्वर सुरेश्वर मातृछायाँ गुरुकुल, मेचीनगर–१ बाहुनडाँगीमा एक खाद्यान्न सहयोग कार्यक्रम सम्पन्न भएको छ।सहयोगस्वरूप विभिन्न खाद्यान्न सामग्रीहरू गुरुकुलका प्रधानाचार्य चन्द्र भण्डारीलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा लायन्स क्लब अफ धाइजन चारआलीका सस्थापक अध्यक्ष हरि प्रसाद घिमिरे, जोन चेयरपर्सन जगन भट्टराई, पूर्व अध्यक्ष धनबहादुर तामाङ, टिकाराम रिजाल लगायत क्लबका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।
गुरुकुलमा हाल देशभरका ३५ जना विद्यार्थीले संस्कृत भाषा अध्ययन गरिरहेका छन्। निजि स्रोतबाट सञ्चालन हुँदै आएको सो संस्थाको संरक्षण स्वामी आनन्द सागर महाराज र रामहरी थापा क्षेत्रीले गर्दै आएका छन्।त्यसैगरी, गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रराज मल्ल रहेका छन्। कार्यक्रममा पूर्व प्र अ. विशालकृष्ण बास्तोलाले संस्थाको कार्यप्रगति र उद्देश्यबारे जानकारी दिनुभएको थियो। कार्यक्रमको अध्यक्षता वर्ष २०२५/२६ का अध्यक्ष सुमन चिमरियाले गर्नुभएको थियो भने सञ्चालन सचिव तिर्थ घिमिरेले गर्नुभएको थियो।