
झापा, चारआलि — लायन्स क्लब अफ धाइजन चारआलीको ७ औं वार्षिक अधिवेशन तथा निर्वाचन सम्पन्न भएको छ। वर्ष २०२४/२५ का अध्यक्ष टिकाराम रिजालको अध्यक्षतामा भएको कार्यक्रमले वर्ष २०२५/२६ को लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
क्लबको अध्यक्षमा सुमन चिमरिया निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा दिपेन्द्र निरौला (विकास ) , द्वितीय उपाध्यक्षमा संगीत शिवाकोटी र तृतीय उपाध्यक्षमा उत्तम प्रसाद पकुवाल चयन भएका छन्।
त्यस्तै, सचिवमा तिर्थ घिमिरे र कोषाध्यक्षमा रोहित दहाल निर्वाचित भएका निर्वाचन समिति सदस्य जगन भट्टराईले जानकारी दिए।
निर्वाचित सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना संस्थापक अध्यक्ष हरिप्रसाद घिमिरे र पूर्व अध्यक्ष मोहन अधिकारीले व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन वर्ष २४/२५ का सचिव उत्तम पकुवालले गरेका थिए ।