बिर्तामोड, झापा | असार १६, बिर्तामोड नगरपालिका–३ मा रहेका करेलाबारी टोल चौसठ्ठीकाली टोल र प्रगती नगर टोलमा रहेका सुकुमबासी बस्तीमा आज झुल (मच्छरदानी) वितरण गरिएको छ। सभामुख देबराज घिमिरेको पहलमा टिका घिमिरे मार्फत स्थानिय वडाको सहजिकरणमा आयोजित कार्यक्रममा स्वास्थ्य र सरसफाइको महत्वलाई ध्यानमा राख्दै बढ्दो लामखुट्ते जन्य महामारी रोगबाट केही हदसम्म भएपनी रोकथाम गर्न झुल वितरण गरिएको छ l

आजको कार्यक्रमा बोल्दै टिका घिमिरेले भन्नु भयो ” कुनै दाता मार्फत सानो सहयोग हामिले तपाईंहरु सम्म ल्याएका छौ यस्ले ठुलो महत्व त न राख्ला तर यो सहयोग यो बस्तीमा दिन पाउदा आफुलाइ अत्यान्तै खुसि लागेको बताउनु भयो ´

वडा सदस्य हरि बास्कोटाका अनुसार बिर्तामोड ३ को ४ ओटा टोलाका २५० भन्दा बढी बस्तीका परिवारलाई निशुल्क झुल वितरण गरिएको छ। “डेंगु र मलेरियाको बढ्दो जोखिमलाई रोक्न यो सानो प्रयास हो,” यस्का लागी सम्माननीय सभामुख ज्युलाइ यो सहजीकरणका लागी बिशेष आभार र यो सामाग्री यहाँ सम्म लिएर आउनु भएको टिका घिमिरे ज्युलाइ धन्यवाद भन्न चाहान्छु उहाँले भन्नुभयो।

कार्यक्रममा स्थानीय समाजसेवी सुभास भट्टराइ, कोसिस घिमिरे , श्री न्यौपाने वडा सदस्य हरी बस्कोटा लगायतको सहभागिता रहेको थियो। झुल पाएपछि उक्त बस्तीका परिवारहरूले राहतको महसुस गरेको भन्दै धन्यवाद व्यक्त गरेका एक स्थानीयवासी मध्येका तेज बहादुर परियारले भन्नु भयो “हामीलाई यस्तो स्वास्थ्यसम्बन्धी सामग्री वितरण गर्दा धेरै सजिलो भएको छ, अब बच्चाहरूलाई पनि मच्छरले टोक्ने डर कम हुन्छ।”
वितरण कार्यक्रम आगामी दिनमा अन्य क्षेत्रामा पनि विस्तार गरिने हिमाल मैनालीले जनाएका छन ।
