विर्तामोडको नविन किराना संचालक दम्पतीद्वारा बालज्योती विद्यालयलाई सहयोग

झापा असार २० विर्तामोडको भद्रपुर रोडस्थित नविन किरानाका संचालक दम्पती सुबोध पाठक र पदमा विमलीले अर्जुनधारा ०९ मा अवस्थित श्री बालज्योती आधारभूत विद्यालयलाई पाँच थान सिलीङ फेन प्रदान गरेका छन्।

समाजसेवी दम्पतीले सो विधालयमा अध्यानरत  बालबालिकालाई गर्मीमा सहज र आरामदायी वातावरण प्रदान गर्न यो सहयोग गरेका हुन्। विद्यालयमा थपिएको सिलीङ फेनले विद्यार्थीहरूलाई गर्मीबाट राहत मिल्ने अपेक्षा गरिएको छ l 

कार्यक्रममा  समाजसेवीहरु लोरेन्स बिष्ट ,सन्जिब घिमिरे ,महेन्द्र घिमिरे ,निशा थापा लगायतको उपस्थितिमा  सो सामाग्री सुबोध पाठक र पदमा विमलीले आफ्नो सामाजिक उत्तरदायित्वलाई महत्व दिँदै यस प्रकारका सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विद्यालयका शिक्षक र अभिभावकहरूले पनि यो सहयोगका लागि दम्पतीप्रति आभार व्यक्त गरेका छन्।

यस प्रकारको सहयोगले स्थानीय समाजमा सकारात्मक प्रभाव पार्ने र बालबालिकाको शैक्षिक वातावरण सुधार्न मद्दत गर्ने विश्वास गरिएको छ।