जेनजी नेताकारुपमा चिनिएका अर्जुन शाही फेरी पक्राउ 

झापा / ठगी आरोपमा जेनजी नेताकारुपमा चिनिएका अर्जुन शाही पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै २६ वर्षीय शाहीलाई पक्राउ गरेको जानकारी दिएको छ। उनीविरुद्ध ठगी र बैंकिङ कसुर गरेको गरेको आरोप छ।

अछामको पञ्चदेव विनायक नगरपालिका ४ घर भएका शाही काठमाडौँको रानीपोखरी बस्दै आएका थिए। उनी यसअघि पनि पक्राउ परेका व्यक्ति हुन्।