झापामा जन्ती बोकेको स्कुल बस पल्टिँदा १६ जना घाइते, चालक मादक पदार्थ सेवन गरेको आरोप

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–४, नयाँबजारमा आइतबार राति जन्ती बोकेको स्कुल बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। राति ८:४० बजे गौरीगञ्जबाट अल्ताबारीतर्फ जन्ती लिएर जाँदै गरेको कोरोबारी सनसाइन इङ्ग्लिस स्कुलको प्र.१–०१–००१ क १५३५ नम्बरको स्कुल बस अनियन्त्रित भई सडकमा पल्टिएको हो।

बसमा कुल ४५ जना सवार रहेका थिए। घाइते १६ जनामध्ये ८ जनालाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको छ भने बाँकी ८ जनाको गौरीगञ्ज आधारभूत अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिए।

दुर्घटनाको कारण चालकको लापरबाही रहेको स्थानीयवासीले बताएका छन्। चालक ४१ वर्षीय सुरेन गिरीले मादक पदार्थ सेवन गरी गाडी चलाएकोले दुर्घटना भएको उनीहरूको भनाइ छ। चालक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेहरूको नामावली र अवस्था:

गौरीगञ्ज आधारभूत अस्पतालमा उपचाररत: १. मोरङ सुनवर्षी नपा–७ बस्ने अन्दाजी ३२ वर्षीय चन्द्रलाल हजाम: टाउकोमा चोट, बोल्न सक्ने सामान्य अवस्था। २. मोरङ सुनवर्षी नपा–७ बस्ने अन्दाजी १३ वर्षीया सपना ठाकुर: घाँटीमा चोट, बोल्न सक्ने सामान्य अवस्था। ३. झापा गौरीगञ्ज गाउँपालिका–१ बस्ने १७ वर्षीय समिल राजवंशी: घाँटीमा चोट, बोल्न सक्ने सामान्य अवस्था। ४. झापा गौरीगञ्ज गाउँपालिका–२ बस्ने अन्दाजी १८ वर्षीय मनिस राजवंशी: घाँटीमा चोट, बोल्न सक्ने सामान्य अवस्था। ५. झापा गौरीगञ्ज गाउँपालिका–२ बस्ने अन्दाजी १५ वर्षीय हिमेश हजाम: टाउको र हातमा घाँटीमा चोट, बोल्न सक्ने सामान्य अवस्था। ६. झापा गौरीगञ्ज गाउँपालिका–२ बस्ने अन्दाजी २५ वर्षीया सिमा ठाकुर: टाउको र छातीमा चोट, बोल्न सक्ने सामान्य अवस्था। ७. झापा गौरीगञ्ज गाउँपालिका–५ बस्ने अन्दाजी २४ वर्षीय अजय ठाकुर: घाँटीमा चोट, बोल्न सक्ने सामान्य अवस्था। ८. मोरङ रतुवामाई नपा–२ बस्ने १५ वर्षीया उषा कुमारी हजाम: दाहिने हात र घाँटीमा चोट, बोल्न सक्ने सामान्य अवस्था।

बीएण्डसी अस्पताल, बिर्तामोडमा उपचाररत: ९. झापा गौरीगञ्ज गाउँपालिका–२ बस्ने ४४ वर्षीय जगतनारायण ठाकुर: शरीरको विभिन्न भागमा चोट, बोल्न सक्ने सामान्य अवस्था। १०. झापा गौरीगञ्ज गाउँपालिका–२ बस्ने २२ वर्षीय अभिशेख राजवंशी: शरीरको विभिन्न भागमा चोट, बोल्न सक्ने सामान्य अवस्था। ११. झापा गौरीगञ्ज गाउँपालिका–२ बस्ने २५ वर्षीय रुपेश ठाकुर: शरीरको विभिन्न भागमा चोट, बोल्न सक्ने सामान्य अवस्था। १२. झापा गौरीगञ्ज गाउँपालिका–२ बस्ने २९ वर्षीय देव कुमार राजवंशी: टाउकोमा चोट, बोल्न सक्ने सामान्य अवस्था। १३. झापा गौरीगञ्ज गाउँपालिका–२ बस्ने १६ वर्षीय क्षितिज ठाकुर: दाहिने हातको औँलामा चोट, बोल्न सक्ने सामान्य अवस्था। १४. झापा गौरीगञ्ज गाउँपालिका–२ बस्ने १७ वर्षीय प्रशान्त राजवंशी: टाउको र दाहिने हातमा चोट, मध्यम अवस्था। १५. झापा गौरादह नपा–८ बस्ने २६ वर्षीय बिनोद ठाकुर: शरीरको विभिन्न भागमा चोट, बोल्न सक्ने सामान्य अवस्था। १६. भारत अररिया जिल्ला बस्ने ३० वर्षीय सचिन ठाकुर: अनुहार र दाहिने हातमा चोट, बोल्न सक्ने सामान्य अवस्था।