अरिङ्गालको टोकाइबाट दुई बालक घाइते

झापा, दमक – २०८२ साउन २ बिहान करिब १० बजे दमक नगरपालिका–२ संगमचोकका बिन्दीया राईका ६ वर्षीय छोरा समिर राई र मोरङ उर्लाबारी नगरपालिका–१ का १० वर्षीय छेवाङ तामाङ अरिङ्गालको टोकाइबाट घाइते भएका छन्।

लुकामारी खेल्दै जाने क्रममा उनीहरू प्रकाश आङदाम्बेको खाली पुरानो दुई तले काठको घरभित्र प्रवेश गरेका थिए। त्यही घरभित्र रहेको अरिङ्गालको घार चलाउँदा दुबै बालकलाई अरिङ्गालले टोकेको हो।

टाउको र शरीरका विभिन्न भागमा सुन्निने र खरखर लाग्ने लक्षण देखिएपछि उनीहरूलाई तत्काल खरखरे आम्दा अस्पताल दमकमा उपचारका लागि भर्ना गरिएको छ। दुवै बालकको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको छ। उपचारमा परिवारजन संलग्न छन्।