झापा लगायत पूर्वी  क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह 

झापा ,बिर्तामोड ,साउन ४ — गएरातीबाट उत्तरपूर्वी पहाड क्षेत्रबाट अधिकांश स्थानमा भारी वर्षा भएसँगै खोलामा पानीको बहाव बढेको छ। मौसम विज्ञान विभागले आज दिउँसो  पूर्वी तराईका जिल्लाहरूमा भारी वर्षा हुने पूर्वानुमान जारी गरेको छ। मेघगर्जन, चट्याङसहितको तीव्र वर्षा हुने सम्भावना रहेकाले जनजीवन प्रभावित हुनसक्ने जल तथा मौषम विभागले जनाएको छ।

Screenshot

यसै सन्दर्भमा स्थानिय निकाय र सुरक्षा निकायहरूले नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन अपिल गरेका छन्। अत्यावश्यक कार्यबाहेक यात्रा नगर्न, नदी–नाला आसपास नजान र सुरक्षित स्थानमै बस्न सबैलाई अनुरोध गरिएको छ।

वर्षापछि खोलानालामा पानीको सतह बढ्ने खतरा रहेकाले जोखिमपूर्ण स्थानमा नबस्न र बालबालिकालाई निगरानीमा राख्न आग्रह गरिएको छ। त्यस्तै झापाको कन्काइ माइ खोलामा पानीको सतह बढेको सन्देश जारी गर्दै सुरक्षित रहनाका लागी  शिव सताक्षी नगर प्रमुख रोशन थोप्राले सबै नगरवासीसंग आग्रह गरेका छन l झापामा कन्काइ नदी ,बिरिङ नदी मेचि नदी लगायतका नदीमा उच्च पानीको बहाव हुने  र बढी धनजनको क्षति गर्ने भएकाले विशेष सतर्कता अपनाउन र  स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी तथा स्वयंसेवीहरूलाइ तयारी अवस्थामा रहन प्रभावीत हुने क्षेत्राका जनप्रतिनिधी द्वारा सन्देश जारी गरीरहेका छन l

साथै, कुनै आपत्कालीन अवस्था आएमा नजिकको प्रहरी कार्यालय वा स्थानीय जनप्रतिनिधिलाई तत्काल जानकारी दिन सामाजिक सन्जाल मार्फत  सुचना जारी गरी अनुरोध गरीरहेका छन।

Screenshot
Screenshot