बिर्तामोड, झापा साउन – ४ / बिर्तामोड वडा नम्बर २ को सम्वन्यमा तथा सभामुख देवराज घिमिरेको विशेष सहयोगमा टिका देबी बस्नेत घिमिरे मार्फत बिर्तामोड–२ बालुवाटारका सम्पूर्ण स्थानीय नागरिकलाई झुल वितरण कार्यक्रम सम्पन्न भएको छ।
” स्थानीय तहमा जनताको आधारभूत आवश्यकता पूरा गर्ने लक्ष्यसहित हामीले बिर्तामोड भरी दर्जनौँ स्थानीय बासिन्दाले लाभ लिएका छन्। यस्ता कार्यक्रम मार्फत किट जन्य प्रकोपबाट सुरक्षित रहन झुल वितरण गरिएको हो ” कार्यक्रममा बोल्दै नगर प्रमुख पबित्रा महतारा प्रसाइले सभामुख देबराज घिमिरे र टोका बस्नेत घिमिरे प्रति विशेष आभार ब्याक्त गरिन ।


वडा नम्बर २ का वडा अध्यक्ष किसोर पौडेलले भने ” वडासंग प्रत्यक्ष जोडिएर गरेका यस्ता कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा थप्ने र जनप्रतिनिधी प्रति थप विश्वास सुदृढ हुने प्रतिक्रिया दिएका छन्।
कार्यक्रमको संयोजन सभामुखका सचिवालय सदस्य हिमाल मैनालीले गरेका थिए l
