बिर्तामोडमा ‘क्लिकइट स्टुडियो’ उद्घाटन, नेपालमै उद्यम गर्दै उदाहरणीय युवा एलेक्स

झापा, बिर्तामोड साउन ४
बिर्तामोडमा अत्याधुनिक ‘क्लिकइट स्टुडियो’ सञ्चालनमा आएको छ। बिर्तामोड नगरपालिका–५, कृषीथोकस्थित होटल डेनियल नजिक निर्माण गरिएको स्टुडियोको उद्घाटन सोमबार एक समारोहबीच सम्पन्न भयो।

झापाली युवा उद्यमी एलेक्स मैनालीले करिब ६० लाख रुपैयाँको लगानीमा सुरु गरेको स्टुडियोको उद्घाटन उनकी आमा निर्मला देवी कणरियाले रिबन काटी गर्नुभयो।

स्टुडियोले विवाह, जन्मदिन, बेबी सावर, इनडोर–आउटडोर फोटो तथा भिडियो सुट, फेसन मोडलिङ, डकुमेन्ट्री र म्युजिक भिडियो निर्माण, ड्रोन सुट, डिजिटल ब्रान्डिङ, विज्ञापन निर्माण र सोशल मिडिया ह्यान्डलिङजस्ता सेवा प्रदान गर्ने बताइएको छ।

उद्यमी मैनालीका अनुसार, स्टुडियोमार्फत झापा र आसपासका युवालाई रोजगारीको अवसर दिलाउँदै गुणस्तरीय र प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

उद्घाटन कार्यक्रममा सञ्चार, कला, सिर्जनशीलता र व्यवसाय क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले बिर्तामोडमा यस्ता प्रविधि र सेवाको प्रारम्भले स्थानीय कलाकार, व्यवसायी र युवाका लागि नयाँ अवसर र उपलब्धि प्रदान गर्ने बताएका छन्।