भक्तपुरमा दिदीबहिनी मृत फेला, आमाबुबा आएपछि मात्र शव उठाइने

झापा बिर्तामोड साउन ७ भक्तपुरको मध्युपुर ठिमी नगरपालिका- ८ बोडेस्थित एक घरमा दुई दिदीबहीनी मृत फेला परेका छन्।

जिल्ला प्रहरी प्रहरी भक्तपुरका प्रवक्ता ढुण्डीराज नेउपानेकाअनुसार मृत फेला पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका- ८ घर भएका १६ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १३ वर्षीया सिर्जना कँडेल हुन्।

उनीहरू बिहीबार बिहान ६:४५ बजे डेरा गरी बस्ने घरको भुइँतलामा झुण्डीएको अवस्थामा मृत फेला परेका थिए।

उनीहरूको शव भने उठाइएको छैन। आमाबुबा भारतमा रहेकाले उनीहरू आएपछि मात्र शव उठाइएने प्रवक्त नेउपानले जानकारी दिए।

मुम्बईबाट आमाबुबा प्लेनमार्फत आउँछन्। दुवै दिदीबहिनी दुई हप्ताअघि मात्र यहाँ बस्न आएका थिए।

उनीहरू बेपत्ता रहेको भन्दै आमाबुबाले भारतमा खोजी गरेका थिए।