बिर्तामोड, झापा ,साउन १०। बिर्तामोड नगरपालिका ७ स्थित वडा कार्यालय परिसरमा आज बिहान वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “Together We Are Planting 50,000 Trees Today” नारासहित आयोजित कार्यक्रम बिहान ७ बजेबाट सुरु भएको हो।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल रहेका थिए। कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष पुष्पाञ्जली ठकुरी सिन्हा, सचिव रोशन बुढाथोकी, क्लबका पूर्व अध्यक्ष, सल्लाहकर, तथा पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो। साथै, वडा सदस्य लता बिस्वकर्मा, स्थानीय समाजसेवी, युवा प्रतिनिधि तथा अग्रजहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
रोटरी ट्री प्लान्टेसन शीर्षकमा भएको कार्यक्रम रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोट्र्याक्ट क्लब अफ बिर्तामोड मिडटाउन तथा इन्टर्याक्ट क्लब अफ ग्रेसल्याण्डद्वारा संयुक्त रूपमा आयोजना गरिएको हो। कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ७ को विशेष सहयोग रहेको थियो।
वृक्षारोपण कार्यक्रम अन्तर्गत आप, लिच्ची, अम्बा लगायतका १०० वटा फलफूलका बिरुवा रोपिएको आयोजकले जनाएका छन्। सहभागीहरूले वातावरण संरक्षण, हरियाली विस्तार र जलवायु सन्तुलनमा टेवा पुर्याउने उद्देश्यले यस्तो अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

