वडा अध्यक्ष माथी साङ्घातिक हमला 

झापा बिर्तामोड भाद्र ८ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि तोक्मेडाँडामा सांघातिक आक्रमण भएको छ। 

सदरमुकाम फुङलिङबाट घर फर्कँदै गर्दा ५–७ जनाको समूहले उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी प्रमुख डीएसपी वेदप्रसाद गौतमका अनुसार सेन्दाङको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ। ताप्लेजुङ अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको छ। 

घटनाबारे थप अनुसन्धान सुरु भएको र आक्रमणमा संलग्नलाई चाँडै कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।