धानको बिउ उखाल्ने क्रममा बुट्टाबारीमा एक व्यक्तिको मृत्यु

झापा साउन १० नगरपालिका–६, बुट्टाबारीस्थित खेतमा धानको बिउ उखाल्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ।

स्थानिय ५६ वर्षीय हेमप्रसाद रिजाल आज दिउँसो करिब १२:३० बजे खेतमा काम गर्ने क्रममा अचानक बेहोस भएर ढलेका थिए। आफन्तजनले उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याएका थिए। तर, अस्पताल ल्याएलगत्तै करिब १२:५० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

रिजालको शव पोस्टमार्टमका लागि लगिएको प्रहरीले जनाको छ