झापा बिर्तामोड साउन ११ — अन्तर व्यवस्थापिका संघ (IPU) र संयुक्त राष्ट्र संघ (UN) को संयुक्त आयोजनामा जेनेभामा हुने छैटौं विश्व सम्मेलन “Sixth World Conference of Speakers of Parliament” मा सहभागी हुन सभामुख देबराज घिमिरे सहित टोली आज साँझ कतार एअरवेजको QR 647 उडानमार्फत जेनेभातर्फ प्रस्थान गर्नु भएको छ ।

विश्वभरका व्यवस्थापिका सभामुखहरूको सहभागिता रहने उक्त सम्मेलन “A World in Turmoil: Cooperation and Multilateralism for Peace, Justice and Prosperity for All” भन्ने मूल विषयवस्तुमा केन्द्रित रहनेछ। सम्मेलनमा सभामुखले नेपालको तर्फबाट शान्ति, न्याय र समृद्धिका लागि बहुपक्षीय सहयोग र सहकार्यको आवश्यकता विषयमा मन्तव्य राख्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, सम्मेलन अन्तर्गत “What role for parliaments shaping our Digital Future?” भन्ने विशेष सत्रमा पनि सभामुखले नेपालको अनुभव र दृष्टिकोण प्रस्तुत गर्नेछन्।
यस भ्रमणले नेपालको संसदीय कूटनीति सुदृढ गर्नुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा उजागर गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
