विद्युत प्राधिकरणको चरम लापरबाही, तार झुण्डिदाँ आगलागीको जोखिम

झापा बिर्तामोड साउन १३ बिर्तामोड नगरपालिका–१० मा अव्यवस्थित विद्युत् तारका कारण स्थानीय बस्ती जोखिममा परेको छ।

हावा चल्दा तार आपसमा ठोक्किने र लाइन जाने तार पड्कीने दिन दिनै लाइन जाने आगलागी वा दुर्घटनाको सम्भावना बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

स्थानीय बासिन्दा समिर घिमिरेका अनुसार, गत १५ महिना देखि यो समस्या रहँदै आएको छ। उनले बिर्तामोडस्थित विद्युत् कार्यालय का बिभाव पौडेललाई फोनमार्फत पटक पटक जानकारी गरेको र कार्यलय प्रमुख सञ्जिव साहलार्इ यस विषयमा जनकारी गराएको र समस्या हेरेर पनि वास्ता नगरेको, निबेदन मार्फत तीन पटक जानकारी गराए पनि अहिलेसम्म समस्या समाधान नभएको गुनासो गरेका छन्।

स्थानीयले चाँडै समस्या समाधान गरी सुरक्षित विद्युत् आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यता पूर्वेली समाचारले यस विषयमा बुझन नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख सञ्जिव साहलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

Screenshot