बालक पराजुलीको जन्मदिनमा ५० वटा सुपारीका बिरुवा रोपियो

झापा बिर्तामोड, साउन १५
बिर्तामोड–३ निवासी कृषक विकास पराजुलीले आफ्नो छोरा आयुस्मान पराजुलीको जन्मदिनको अवसरमा बिराट पोखरी परिसरमा ५० वटा सुपारीका बिरुवा रोपेका छन l पोखरीलाइ हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त वृक्षारोपण कार्यक्रम बिराट पोखरी सरोवर बहुद्देश्यीय विकास समितिको संयोजनमा सम्पन्न भएको छ l

Screenshot

बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीले भने “बाल मष्तिकबाट फजुल खर्च र विदेशी संस्कृति अनुसरण गर्ने चेत हटाउन सकेमा पर्यवरण सन्तुलन कायम राख्ने वातावरणमैत्री यस्ता सामाजिक कार्यहरूको हामी सबैले यस्ता प्रकारको गतिविधि गर्नसके समाजमा सकरात्मक सन्देश जाने साथै वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने छ ‘” l

“आफुले कृषी पेसामा दिनरात घामपानी न भनी मेहनत गरेको र पर्यावरण मै रमाएको अनि मेहनत गरेर कमाएको दुइ पैसा राम्रो कामना प्रयोग गर्नु पर्छ भन्ने बच्चाको बाल मष्तिक सम्म पुगोस र सो सामाजिक चेतना सानैबाट अनुसरण होस भनेर सन्देश दिन चाहएको बताए “l

यस्ता कार्य सबै अभिभावकले गर्न सके समाज निर्माणमा थोरै भए पनी टेवा पुग्ने र सचेत प्राणी भएको आभास हुनेछ l