काठमाडौं । संघीय संसद सचिवालयले पत्रकार प्रकाश वली र किशोरकुमार श्रेष्ठका संसद प्रवेश पास एक महिनाकालागि निलम्बन गरेको छ।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको आरोप लागेपछिसचिवालयले उक्त निर्णय लिएको हो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार पत्रकार आचारसंहितातथा कार्यविधि उल्लङ्घन भएकाले उनीहरूको पास निलम्बन गरिएको हो।
यस निर्णयपछि पत्रकार महासंघसहितका सञ्चार क्षेत्रका प्रतिनिधिहरूले प्रतिक्रिया जनाएका छन्। केही पक्षले योकदमलाई पत्रकारिता स्वतन्त्रतामाथिको हस्तक्षेप भनेका छन् भने अन्य केहीले आचारसंहिताको पालना आवश्यकरहेको उल्लेख गरेका छन्।