भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ

झापा, भद्रपुर / झापाको भद्रपुर नगरपालिका–५ सुन्दरबस्ती बस्ने ३० वर्षीय सन्तोष श्रेष्ठलाई लागूऔषध ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी घोडामाराबाट खटिएको टोलीले शुक्रबार दिउँसो करीब १ बजे श्रेष्ठको घरमा तलासी गर्दा कालो प्लास्टिकमा प्याक गरिएको करिब २ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

फेला परेको लागूऔषधसहित श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।