चितवनमा बस र इभी ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते

झापा । चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। पुर्वपश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गई रहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको इभी गाडी ठोक्किँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ। प्रहरीका अनुसार मकवानपुर-३ का सोम प्रसाद रुपाखेती, मकवानपुर हेटौंडा- ५ का मैंया कुमारी न्यौपाने पहाडी र नाम नखुलेको ३ जना महिला, २ पुरुषको  दुर्घटनामा मृत्यु भएको हो। 

उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा पुर्याएपछि मृत्यु भएको हो। केही घाइतेलाई एलाईभ अस्पताल भरतपुरमा लगिएको छ।