बिर्तामोड, झापा — नेकपा (एमाले) निकटको भातृ संगठन मुक्ति समाज नेपाल बिर्तामोड नगर कमिटीको तेस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ। प्रमुख अतिथि तथा मुक्ति समाजका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख एकराज लकान्द्रीले ब्यानर पढेर अधिवेशनको उद्घाटन गरेका थिए।

अधिवेशनबाट अध्यक्षमा अनिल गदाईलीसहित १७ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित भएको हो। नयाँ नेतृत्वमा उपाध्यक्ष संमृता दर्नाल, सचिव दिलिप घिमिरे, सह–सचिव लक्ष्मी दर्नाल र भरत बराईली रहेका छन्। सदस्यमा राजन दियाली, चित्र बराईली, तुलसा दर्नाल, राजेन्द्र लोहार, इन्द्र बिक, किरण गहतराज, अनिता खाती, कुल ब. गदाईली, सर्मिला बिक, अमर ल्वागुन, गोपाल रिसिदेब र मनाेज डुम चयन भएका छन्।
कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सदस्य छबिलाल विश्वकर्मा, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य देवराज कार्की, बद्री भट्टराई, लक्ष्मी मोते, दल ब. बिक, बिर्तामोड नगर अध्यक्ष सुबास भट्टराई, नगर उपप्रमुख नगेन्द्र संग्रौला, मुक्ति समाज जिल्ला कमिटी उपाध्यक्ष रमेश त्रिखत्री, सचिव गोपाल लकान्द्री, कोषाध्यक्ष मनि शंकर, जिल्ला कमिटी सदस्य शर्मिला त्रिखत्री, तला विश्वकर्मा, अनेमसंघ जिल्ला कमिटी उपाध्यक्ष सीता ढुङ्गाना बिक, कार्यपालिका सदस्यलगायतको उपस्थिति थियो।
अधिवेशनमा बोल्ने वक्ताहरूले संविधान र कानुनमा छुवाछूतको अन्त्य भए पनि व्यवहारमा जातीय भेदभाव कायम रहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न दलित समुदायको एकता अपरिहार्य भएकोमा जोड दिए। उनीहरूले विभिन्न रूपमा ‘खहरे खोला’ जस्तै उर्लिएका नयाँ राजनीतिक दलहरूले दलित समुदायको हित नगर्ने भएकाले समाज परिवर्तनको सिद्धान्त भएको बलियो पार्टी नेकपा (एमाले)मा गोलबन्द हुन आग्रह गरे।
अधिवेशनमा देवराज कार्की, सुबास भट्टराई, छबिलाल विश्वकर्मा, नगेन्द्र संग्रौला, दल ब. बिक र लक्ष्मी मोतेले शुभकामना मन्तव्य दिएका थिए। स्वागत मन्तव्य लता विश्वकर्माले दिएकी थिइन् भने सञ्चालन गोपाल लकान्द्रीले गरेका थिए। आयोजकका अनुसार केही अतिथिको नाम उल्लेखमा छुट भएको छ।
कार्यक्रमकै अवसरमा बिर्तामोडका सरकारी विद्यालयबाट यस वर्षको एसईई परीक्षामा उत्तीर्ण भएका दलित विद्यार्थीका अभिभावकलाई फलफूलका बिरुवा प्रदान गरी सम्मान गरिएको थियो। मुक्ति समाज नेपाल दलित समुदायको सामाजिक, शैक्षिक र राजनीतिक अधिकारका लागि सक्रिय संस्था हो, जसलाई नेकपा (एमाले) निकटको भातृ संगठनका रूपमा चिनिन्छ।

