बिर्तामोड, झापा । जेनजी आन्दोलनका क्रममा आगलागी भएर क्षतिग्रस्त भएको वडा कार्यालयको पुनर्निर्माण कार्यमा बिर्तामोड–४ स्थित खगेन्द्र काष्ठ फर्निचर उद्योगले सहयोग गरेको छ।

उद्योगका सञ्चालक खगेन्द्र खरेलले कार्यालय सञ्चालनमा सहजता होस भन्ने उद्देश्यले कार्यलय टेबल तथा फर्निचर सामग्री हस्तान्तरण गरेका हुन्।
मनकारी स्थानियबासीहरुको सहयोगपछि वडा कार्यालय पुनः सञ्चालनमा आएको छ भने सेवाग्राहीहरूले नियमित रूपमा सेवा पाउन थालेका छन्। कार्यालयका अनुसार खगेन्द्र काष्ठ फर्निचर उद्योगको यो सहयोगले स्थानीय पुनर्निर्माण प्रयासमा प्रेरणा थपेको छ।

वडा अध्यक्ष अबिरल कृष्ण खरेलका अनुसार हालसम्म करिब ९५ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ र बाँकी काम पनि छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ।
वडा कार्यालयले सहयोगी दाता परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै स्थानीयवासी र अन्य संस्थाहरूसँग मिलेर कार्यालयको पुनःनिर्माण कार्यलाई सहज पुर्याएकोमा अब उच्च मनोबलका साथ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
