झापा ,बिर्तामोड भाद्र १ । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर समितिको नयाँ नेतृत्व चयन भएको छ। आइतबार सम्पन्न भएको नगर सम्मेलनबाट प्रविन सादेम्वा निर्विरोध निर्वाचित हुनुभएको हो। साम्देवाको नेतृत्वमा गठित कार्यसमितिमा उपाध्यक्ष नुनम कन्दन्वा सचिव यादब मैनाली सह–सचिव आशा गुरुङ र जीवन भण्डारी कोषाध्यक्ष आसिस खतिवडा र सदस्य गरी ३२ जना सर्वसम्बत भएका छन्।
निर्वाचित भएपछि अध्यक्ष साम्देवाले आफूलाई दिएको विश्वासलाई न्याय गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले युवा वर्गलाई राष्ट्रनिर्माण, समाज विकास र संगठन सुदृढीकरणमा सक्रिय रुपमा परिचालन गर्ने बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि हरी चरण सिवाकोटी रहनुभएको थियो भने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री एकराज कार्की बिर्तामोड नगर प्रमुख पबित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा अम्बिर लिङ्देन बद्री भट्टराई, देबराज कार्की, सुभास भट्टराई, मदन बुधाथोकी, अम्बिका लिङ्देन लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
अध्यक्ष मण्डलको अध्यक्षता खगेन्द्र राज आङ्दम्बेले गर्नुभएको उक्त कार्यक्रममा संघका केन्द्रीय प्रतिनिधि, जिल्ला नेतृत्व, स्थानीय जनप्रतिनिधि तथा सयौं कार्यकर्ताहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो l
उपस्थित नेताहरुले नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै संगठनलाई अझ सशक्त बनाउन आग्रह गरे। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री कार्कीले युवालाई राष्ट्र विकासको मेरुदण्डका रुपमा परिचित गराउँदै शिक्षा, सीप र रोजगारीका अवसर विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा वक्ताहरुले युवा पुस्ताले राष्ट्रप्रति समर्पित भई सकारात्मक सोचसहित अघि बढे मात्र समृद्ध नेपाल निर्माण हुने धारणा राखेका थिए।
