झापा, बिर्तामोड नगरपालिका–६, बुट्टावारीस्थित लाल ब. तामाङले सञ्चालन गरेको काठ, बाँस र टिनको छानो भएको चिया पसलमा भादौ २ गते राति ११:५५ बजे आगो लागेको छ।

प्रहरीका अनुसार, पसलमा रहेको विद्युतीय चुलोबाट सर्ट भएर आग्लागी सुरु भएको थियो। आगोले पसल भित्र रहेका काठ, प्लास्टिकको टेबल, फ्रिज र अन्य किचन सामग्री गरी करिब २,००,००० रुपैयाँ बराबरको क्षति पुर्याएको छ।
मानविय क्षति भने नभएको जानकारी प्राप्त भएको छ। स्थानीय बासिन्दा, प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो मिति भादौ ३ गते राति १२:२५ बजे नियन्त्रणमा आएको थियो। थप अनुसन्धान जारी छ।