नेपालमा सती प्रथा अन्त्य भएको १०५ बर्ष नाग्यो

झापा  , बिर्तामोड नेपालमा महिलामाथि गरिएको एक अमानवीय प्रथा सती प्रथा आज ऐतिहासिक पृष्ठभूमिमा मात्र सीमित भएको छ। तर विगत १०५ बर्ष पहिले पतिको मृत्यु हुना साथ विधवा बनेकी महिलाले बिना कारण अनिवार्य रुपमा चितामा जल्नैपर्ने बाध्यता तत्कालीन समाजमा कायम थियो, जसलाई सती प्रथा भन्ने गरिन्थ्यो l 

समाजका वयवृद्ध जानकारहरूका अनुसार यो प्रथा मूलतः हिन्दू समाजसँग सम्बन्धित थियो। पतिको मृत्युपछि विधवा बनेकी महिलाले ‘सतीदेवी’ भएर सती जानुपर्छ भन्ने धार्मिक अन्धविश्वास फैलाइएको थियो। वास्तविकतामा भने यो प्रथाले महिलामाथि चरम हिंसा, दमन र अमानवीय व्यवहारको प्रतिबिम्ब देखाउँथ्यो।नेपालमा सती प्रथा औपचारिक रूपमा वि.सं. १९७७ सालमा तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरले प्रतिबन्ध लगाएका थिए। त्यसपछि यसलाई अपराधको श्रेणीमा राखेर कानूनी कारबाहीको व्यवस्था गरिएको थियो। त्यै पनी प्रतिबन्ध लागे पनि केही दशकसम्म ग्रामीण क्षेत्रमा यो प्रथाको प्रभाव देखिँदै आएको ऐतिहासिक तथ्यहरू भेटिन्छन्।

धेरै अवस्थामा विधवाले आफूले चाहेर होइन, समाजको डर, दबाब र परिवारको जोरजबरजस्तीले सती जानुपर्थ्यो सती  जानुअघि महिलालाई रातो कपडा, गर गहना र श्रृङ्गारले चिरीच्याट्ट गराइन्थ्यो र चितामा राखेर जलाइथ्यो जसलाई धार्मिक रीतिको रूपमा प्रस्तुत गरिन्थ्यो अझ विधवा महिला भागेर जान नपाओस् भनेर चिता माथी बाँसले थिचेर डोरीले पतिको शवसँगै बाँधिन्थ्यो अनि चिता छिटो बलोस् भनेर चिनी र मटितेल धेरै हालिन्थ्यो। यसले धुवाँ बढाउँथ्यो, त्यसले मलामीले त्यो कारुणीक दृष्य धुँवाको मुस्लोले गर्द देख्न नपाउन भन्ने थियो l अझ महिला जल्दा चिच्याएको आवाज बाहिर नआओस् भनेर नजिकै ढोल, शंख जस्ता बाजा जोड जोडले बजाइथ्यो यस्तो अमानवीय कामलाई त्यो बेलाका शासकहरुले धार्मिक कर्म भनेर समाजलाइ  स्वीकृत गर्न बाँध्य गराइन्थ्यो।

 नारी  भनेको देवीको स्वरुप मानिन्छ जहाँ  देवीको स्वरुप बिनाकरण जल्नु पर्यो त्यै सति जानेले दिएको श्रापका कारण  दु:ख, अनिष्ट र अभावले ग्रसित हुने कथनका रुपमा  विश्वास गरिन्छ।खासगरी, कुनै ठाउँमा अकाल, विपत्ति, या असफलता आइरहनु भनेको देवीको श्राप (सराप) जस्तै मानिन्छ। नेपालमा  “सतीले सरापेको” भन्ने लोककथन यसैसँग जोडिन्छ। तर आजको दिनमा सती प्रथा इतिहासको एउटा कालो पाटोका रूपमा मात्र स्मरण गरिन्छ l 

कुनै समय महिलालाइ संस्कारको नाममा या विभेदको नाममा  सम्झदै आङै सिरिङ हुने प्रकारको चरम कुसंस्कारिक यातना दिइन्थ्यो तर अहिले राष्ट्रको प्रमुख देखि समाजका हरेक अग्र स्थानमा महिलाको  भुमिका र कार्य सम्पादन उच्च कोटीको उत्कृष्ट रुपमा  सम्हालेको पाइन्छ l