:
भद्रपुर, भदौ १८ ।
भद्रपुर नगरपालिका–३ की कार्यवाहक वडाध्यक्ष ध्रुव माया थापा पुलामीमाथि आज दिउँसो कुटपिट भएको छ ।

नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति झापाले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनका अनुसार दिउँसो करिब २ बजे वडा कार्यालय अगाडि रहेको पसलमा खाजा खाइरहेकी वडाध्यक्ष पुलामीमाथि सोही वडाकी सदस्य पूर्णमाया सुब्बाले हातपात तथा कुटपिट गरेकी हुन् । घटना रोक्ने क्रममा कार्यालयका कर्मचारी मनिका बेगा, प्रमिला बुलुडर र गंगा बरालमाथि समेत आक्रमण भएको संगठनका अध्यक्ष हरिण्य न्यौपानेले जानकारी दिएका छन् ।
संगठनले विज्ञप्ति जारी गर्दै कार्यालय समयमै जनप्रतिनिधिबाट गरिएको भौतिक आक्रमणलाई निन्दनीय र अस्वीकार्य भन्दै आवश्यक उपचार, मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । साथै घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ l
