आज राष्ट्रिय बाल दिवस विविध कार्यक्रमसहित मनाइदै 

झापा, बिर्तामोड, भदौ २९ ।

नेपालमा आज राष्ट्रिय बाल दिवस विविध कार्यक्रमसहित मनाइदैछ । ‘बाल अधिकार, सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ मनाइएको यस वर्षको दिवसमा बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागितामा जोड दिइएको छ l

नेपालले २०४८ सालमा संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धि अनुमोदन गरेको हो । त्यसयता हरेक वर्ष भदौ २९ गते बाल दिवस औपचारिक रूपमा मनाइँदै आएको छ । यस दिवसले बालबालिकाको हक–अधिकार सुरक्षित गर्न, उनीहरूलाई शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागितामा जोड दिन सबै तह तप्काको ध्यानाकर्षण गराउँछ ।

 बालबालिका कति शक्त्ती शाली हुन्छन भन्ने हलसालैको सत्ता परिवर्तनले देखाउछ यद्यपि नेपालमा अझै पनि बाल अधिकार पूर्ण रुपमा कार्यान्वयन भएको छैन । ग्रामीण भेगमा बाल श्रम, बाल विवाह, बाल हिंसा जस्ता समस्या कायमै छन् । शिक्षा नपाउने, विद्यालयमै छाड्ने, दैनिकीमा हिंसा भोग्ने बालबालिकाको संख्या उल्लेख्य छ ।

यसका लागि सरकारले कानुन कडा मात्र होइन, कार्यान्वयनमा दृढता देखाउनुपर्ने सरोकारवालाहरूको सुझाव छ । साथै, परिवार, विद्यालय र समाज सबै मिलेर बालबालिकालाई सुरक्षित र खुसी जीवन दिनुपर्ने आवश्यकता जोडिएको छ 

 यस दिवसले स्मरण गराउँछ बालबालिका मात्र भविष्य होइनन्, उनीहरू वर्तमान समाजका सक्रिय नागरिक पनि हुन् । उनीहरूको अधिकार सुनिश्चित गर्नु भनेको देशको उज्ज्वल भविष्य सुरक्षित गर्नु हो ।