झापा, बिर्तामोड। बिर्तामोड नगरपालिका–७ बिरान निवासी सामाजिक व्यक्तित्व सरोज गौतमले क्षतिग्रस्त वडा कार्यालय पुनर्निर्माणका लागि रु २० हजार बराबरको कोमोड बेसिनसहित आवश्यक सामग्री सहयोग गरेका छन्।

यसअघि पनि गौतम परिवारले वडा कार्यालय परिसरमा रहेको प्रतीक्षालय निर्माणमा योगदान पुर्याएका थिए। सरोज गौतमकी आमा खिनमाया गौतमले आफ्ना दिवंगत श्रीमान् स्व. तुलसी प्रसाद गौतमको स्मृतिमा करिब डेढ लाखभन्दा बढी लागतमा प्रतीक्षालय निर्माण गरिदिएका थिए।

सामाजिक कार्यमा सक्रिय रहँदै आएका गौतम परिवारप्रति वडा कार्यालय–७ ले आभार प्रकट गर्दै हार्दिक धन्यवाद व्यक्त गरेको छ।