अनारमनी प्रहरी चौकी पुनर्निर्माणका लागि सहयोग हस्तान्तरण

बिर्तामोड, असोज १० ।

 जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको बिर्तामोड नगरपालिका–३ स्थित अनारमनी प्रहरी चौकी बिर्ताबजार पुनर्निर्माण तथा समुदाय–प्रहरी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न निकाय तथा व्यक्तिबाट सहयोग हस्तान्तरण गरिएको छ ।

यस क्रममा विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रु २५ हजार, विराट सामुदायिक सिकाइ केन्द्रले रु ५ हजार, समाजसेवी दुर्गा काफ्लेले रु ५ हजार र क्यानडा निवासी सुजन काफ्लेले रु ४० हजार बराबरको निर्माण सामग्री हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा सहकारीका अध्यक्ष मोहन सिवाकोटी, कार्यकारी प्रमुख रुद्र सिटौला, चौकी ब्यवस्थापन समितिका अध्यक्ष बिरेन कोईराला, समाजसेवी दुर्गा काफ्ले, चौकी निर्माण समिति संयोजक प्रवास थापा मगर, समाजसेवी कोसिस घिमिरे, राज मुखिया, सहकारीका प्रबन्धक तेज पाठक तथा प्रहरी प्रतिनिधि खड्ग कुवरको उपस्थिति रहेको थियो ।

 सहयोग रकम तथा अत्यावश्यक सामाग्री अन्य दाताबाट जुट्ने क्रम जारी रहेको बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीले जानकारी गराए l