बिर्तामोड, झापा ।
जेन्जी आन्दोलन पश्चात आन्दोलनकारी समूहद्वारा क्षतविक्षत भै जलाइएका प्रहरी कार्यालय ट्रफिक कार्यलय पुनःस्थापना भई भोली बिहान स्वागत कार्यक्रम बिर्तामोडमा हुने भएको छ।

स्थानीय नागरिकस्तरको पहलमा पुनर्निर्माण सम्पन्न भएको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई पुनःस्थापना गर्दै सद्भाव र्यालीसहित प्रहरीलाई स्वागत गर्ने कार्यक्रमको आयोजना गरिएको हो।
यस अवसरमा अधिकारकर्मी, पत्रकार, संघसंस्थाका पदाधिकारी तथा बिर्तामोडबासी नागरिकलाई उपस्थित भई कार्यक्रमलाई सफल पार्न आयोजकले आग्रह गरेका छन्।