महोतरीमा बस दुर्घटना

झापा ,बिर्तामोड 

महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते भएका छन्।

शुक्रबार बिहान महोत्तरीको खैरमाराबाट काठमाडौँका लागि छुटेको ना ६ च १४६४ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उद्धार कार्य जारी छ।