नावालिका करणी गर्ने राइ पक्राउ

झापा, साउन २८ — झापाको गौरादह नगरपालिका–९ झमकचोकका ५० वर्षीय डिकबहादुर राई जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन्।

माघ महिनाको पहिलो सातातिर १६ वर्षीया किशोरीलाई डरत्रास देखाएर करणी गरी गर्भवती बनाएको आरोपमा राई फरार थिए। पीडित पक्षले यस वर्ष जेठ २८ गते इलाका प्रहरी कार्यालय झिलझिलेमामा उजुरी दिएका थिए।

गोप्य सूचनाको आधारमा खोजी कार्य अघि बढाउँदै इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले आज बिहान १०:५० बजे शिवसताक्षी नगरपालिका–६ शिवगञ्जबाट उनलाई पक्राउ गरेको हो।

अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणी कसूरमा जिल्ला अदालत झापामा पेस गरी पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।