झापा, बिर्तामोड असोज १८ /
तमोर नदीमा जिप खस्दा मृत्यु हुनेहरुको संख्या ६ पुगेको छ ।यसअघि पाँचजनाको शव भेटिएकोमा केहीबेर अघि थप एक महिलाको शव भेटिएको घटनास्थलमा रहेका कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले बताए । मृत्यु हुनेहरुमा तीन महिला र तीन पुरुष रहेका छन् । सबै शवहरु बाटोमा निकालिएको छ भने उनीहरुको पहिचान भएको छैन ।

गाडीमा १२ जना सवार रहेका थिए । त्यसमध्ये ६ जना घाइतेलाइृ उद्धार गरी अस्पताल पठाइएको छ । आज बिहान करिब ११ः३० बजे पाँचथरको कुम्मायक –३ स्थित कार्तिकेनजिक धरानबाट ताप्लेजुङतर्फ आउँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप सडकबाट तल तमोर नदी किनारमा खसेको थियो । घाइते ६ जनामध्ये ५ जनालाई उपचारको लागि धरानतर्फ पठाएको र एक जनालाई जिल्ला अस्पताल पाँचथर पठाइएको छ।
