टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग  खेल्दै 

झापा बिर्तामोड  असोज २२ / 

नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको पहिलो खेलमा कुवेतसँग खेल्दैछ।

नेपाल र कुवेतबीच टी-२०आई क्रिकेटमा ३ खेल भइसकेका छन्, जसमा नेपालले २ खेल जितेको छ।

प्रतियोगितामा ९ टोली सहभागी छन् र ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपको टिकट पाउनेछन्।

२२ असोज, काठमाडौं । ओमानमा आजदेखि सुरु हुने आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग खेल्दैछ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ ।टी-२०आई क्रिकेटमा हालसम्म नेपाल र कुवेत ३ पटक भेट भएका छन् । जहाँ नेपालले २ खेल जित्दा कुवेतले १ खेल जितेको छ ।

पछिल्लोपटक नेपाल र कुवेत यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा दुईपटक भिडेका थिए । लिग चरणमा नेपालले कुवेतलाई हराउँदा फाइनलमा भने कुवेतले नेपाललाई हराएको थियो ।