मेचीनगरमा लायन्स द्वारा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ धाइजन चारआली र लायन्स क्लव अफ मेचीनगरको संयुक्त प्रयासमा मेचीनगर–१२ स्थित श्री सरस्वती बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ धाइजन चारालीका अध्यक्ष लायन सुमन चिमरियाले गर्नुभयो भने कार्यक्रम संयोजक लायन्स क्लव अफ मेचीनगरका अध्यक्ष लायन दिपक कार्की हुनुहुन्थ्यो । प्रमुख अतिथिका रूपमा मेचीनगर सामुदायिक संस्थाका अध्यक्ष मुक्ति पौडेल उपस्थित रहनुभएको थियो ।

विशिष्ट अतिथिहरूमा विद्यालयका प्रधानाध्यापक शुक्रराज घिमिरे, डिस्ट्रिक्ट चिफ लायन हरिप्रसाद घिमिरे, लायन सन्तोष आचार्य, मेचीनगर लायन्सका संस्थापक अध्यक्ष लायन शंकर थापा, मेचीनगर लायन्सका निवर्तमान अध्यक्ष लायन दिनेश पोखरेल, धाइजन चारआली लायन्सका पूर्व अध्यक्ष लायन धनबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण लायन तिर्थ घिमिरेले गर्नुभयो भने संचालन लायन्स क्लव अफ धाइजन चारालीका निवर्तमान अध्यक्ष लायन टिकाराम रिजालले गर्नु भएको थियो ।

बि एण्ड सी मेडिकल कलेज, बिर्तामोडकी मानसिक रोग परामर्शदाता प्रतिमा कार्कीले प्राविधिक सत्र सञ्चालन गर्दै “मौन पीडा बोलेर निको पार्ने” सन्देश दिइन्।

यो कार्यक्रम विद्यार्थीले भोगिरहेको अदृश्य दबाब” विषयमा केन्द्रित रहेर अन्तरक्रियात्मक शैलीमा गरिएको कार्यक्रमका समन्वयकर्ता तथा लायन्स क्लब अफ धाइजन चारआलीका तृतिय उपाध्यक्ष उत्तमप्रसाद पक्कुवालले बताए ।