झापा । बुद्धनगर टोल विकास संस्था, बिर्तामोड–३ मा सार्वजनिक सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ १० वटा सि.सि. क्यामेरा जडान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा न ३ का वडा अध्यक्ष मदन बुढाथोकी रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता टोल विकास संस्थाका अध्यक्ष सलबहादुर गुरुङले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका सचिव हिमाल मैनालीले सञ्चालन गर्नुभएको थियो।
सि.सि. क्यामेरा जडानपछि टोलमा हुने आवागमन, सुरक्षासम्बन्धी गतिविधि तथा शान्ति–सुरक्षाको अवस्था अझ मजबुत हुने विश्वास गरिएको छ।
अध्यक्ष गुरुङले टोललाई सुरक्षित, स्वच्छ र अनुशासित बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आगामी दिनमा थप आधुनिक सुविधाहरू पनि जोड्दै लैजाने योजना रहेको जानकारी दिनुभयो।

प्रमुख अतिथि बुढाथोकीले यस कदमले अपराध नियन्त्रण र समुदायमा शान्ती सुरक्षा बढाउने विश्वास व्यक्त गर्नु भयो l
कार्यक्रममा स्थानीयबासी तथा टोलका अगुवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
